दाङकाे राप्ती नदीमा विद्यार्थी चढेको डुङ्गा दुर्घटना

| 2022 Aug 18 | 03:18 pm 2633

दाङ, भदाै २: दाङमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना भएको छ । राप्ती नदी तरिरहेको डुङगा दुर्घटनामा परेको हो। डुङ्गामा २५ जना विद्यार्थी सवार थिए। सबैजनाको उद्धार गरिएको तर तीन जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

७ जना बोक्ने क्षमता भएको डुङ्गाका २५ जना बसेर नदी पार गर्न खोज्दा ओभर लोडले डुङ्गा पल्टिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रञ्जु केसीले बताइन्। ‘डुङगा सानो भयो, लोड बढी भयो’, उनले भनिन्, ‘अवस्था हेर्दा ओभरलोडले पल्टिएको देखिन्छ ।’

लमही नगरपालिका ९ तरुलियाबाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका ७ मा रहेको मावि सिक्टामा अध्ययनरत कक्षा ६, ७ र ८ कक्षाका विद्यार्थीहरु सवार डुङगा दुर्घटनामा परेको हो।

दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले विद्यालय समयमा डुंगा पल्टिंदा २५ जना विद्यार्थी नदीमा खसेको र त्यसमध्ये तीन जना विद्यार्थीले बढी पानी खाएका कारण उपचार भइरहेको प्रहरीले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.