दुई नम्बर प्रदेशमा डिआइजीका पिए र घुमुवाको आर्थिक आतंक

रिपोर्ट नेपाल | 2022 Aug 16 | 02:20 pm 2517

धनुषा, साउन ३१ः यतिबेला दुई नम्बर प्रदेशमा प्रहरी जनताको जिउज्यानको सुरक्षा, अवैधारीलाई कानुनको दायरामा ल्याउने, अपराध कर्म गर्ने गराउने, तस्करी गरेर देशलाई आर्थिक नोक्सानी पुर्याउने गिरोहलाई कानुनी दायरामा ल्याउने कार्यमा होइन कि त्यही समुहसँग मिलेर रकम असुलीमा सकृय भएर लागेको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार यो कार्यमा डिएसपी बरुण सिंहदेखि प्रदेशका डिआइजी मसउद आलम खाँ का पीए प्रहरी निरीक्षक गोविन्द कर्णको समुह सकृय भएर लागेको समाचार स्रोतको दाबी छ ।

कर्ण दर्जाले इनेष्पेकटर मात्रै भएपनि प्रदेशकै डिएसपी, एसपी र एसएसपीलाई समेत गनदैनन् । उनको दैनिकी जनताले तिरेको करबाट लिएको सेवा सुविधा वापतको कार्यमा नभएर आठवटै जिल्लाका युनिट इन्चार्जलाई धम्काएर डिआइजीको नाममा रकम असुलीमा बित्ने गरेको छ । उनले आफूले आफूलाई डिआइजी भन्दा ठूलो सम्झिने गरेका छन् ।

नेपालबाट भारत तर्फ मटर, गिट्टी, बालुवा तस्करी गराउने र भारतबाट कपडा, चिनी, मल, पाउडर दूध, ध्यू, चियापत्ती लगायतका सामाग्री करछली गराउनेमा सिंह र कर्ण मात्रै नभएर सई सागर राणा, असई श्यामसुन्दर साह, बरिष्ठ हवल्दार जय मंगल सिंह रहेका छन् ।

जसमध्य राणा जागिर खाएदेखि बारा पर्सा लगायतका मालदार ठाउँमा बसेका छन् । उनी इलाका प्रहरी कार्यालय जितपुर बारा २ वर्ष, इप्रका अमलेखगंज १ वर्ष, प्रहरी चौकी मुसहरवा १ वर्ष बसेका भाग्यमानी प्रहरी हुन् । अहिले भने उनी बारा जिल्लाका एसपी र दुई नम्बर प्रदेशका डिआइजीको रकम असुली गर्नेमै व्यस्त रहेका छन् ।

असई श्यामसुन्दर साह वर्तमान प्रहरी महानिरीक्षक वीगंजको प्रमुख हुँदा र २ नम्बर प्रदेशको प्रमुख हुँदा समेत घुमुवा थिए । बरिष्ठ हवल्दार जय मंगल सिंह यस्ता भाग्यमानी हुन तल्लो दार्जमा रहेर माथिल्लो दर्जाका अधिकृतलाई खुशी बनाए वापत एकल बढुवा हुने भाग्यमानी हुन् ।

उनलाई राम्रोसँग चिन्नेहरुले नेपाल प्रहरीमा चोरलाई चौतारा साधुलाई सुली हुने रहेछ भनेर टिप्पणी गरेका छन् । एकल बढुवामा पर्नका लागि उनले संगठन, देश र जनतालाई के गरे भन्ने प्रश्न उठेको छ । तर, उनको कार्यलाई हेर्ने हो भने २ नम्बर प्रदेश प्रहरीका हाकीमहरुको लागि रकम असुली गर्ने भन्दा अरु केही नदेखिएको समाचार स्रोत बताउँछ ।

प्रहरीलाई अपराध नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गराउन सूचना संकलनका लागि राखिने घुमुवाहरु असुली धन्दामा लागेपछि राज्यको ढुकुटी खर्च गरी गरी किन राख्नुपर्यो भन्ने प्रश्न खडा भएको छ । यस्ता कार्यमा संलग्न उनीहरूलाई हालका प्रहरी संगठन प्रमुखकाे समेत आशिर्वाद रहेकाे बिशेष सुत्रबाट जानकारी प्राप्त भएकाे छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.