लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ सहित ५ जना पक्राउ

रिपोर्ट नेपाल | 2022 Aug 15 | 10:20 am 1977

बर्दिया, साउन ३०ः अवैध लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ सहित ५ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका -०२ बस्ने नबिन थापा, सन्देश खत्री, बर्दिया मधुबन  नगरपालिका -०७ बस्ने पवन महत, सुदिप थिङ्ग र पासाङ तामाङ्ग रहेका छन् ।

मिति २०७९/०४/२६ गते दिउँसो प्रहरी चौकी जमुनी बर्दियाबाट खटिएको प्रहरी टोलीले दुई जनालाई बर्दिया बढैयाताल गाउँपालिका -०२ फुटाहा स्थित दशगजा नजिकैको बाटोमा चेकजाँच गर्ने क्रममा उनीहरु शंकास्पद तरिकाले भारतबाट नेपालतर्फ आईरहेको देखि खानतलासी गर्दा उनीहरुको साथबाट १ ग्राम १८० मिलिग्राम लागु औषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ फेला पारी तत्काल नियन्त्रणमा लिई सम्मानित बर्दिया जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको ।

त्यसैगरी  मिति २०७९।०४।२८ गते दिउँसो ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट खटिएको प्रहरी गस्ती टोलिले गस्ती गर्ने क्रममा बर्दिया मधुबन नगरपालिका-०७ ताराताल स्थित खाली चौरमा तीन जनालाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनीहरुको साथबाट २५० मिलि ग्राम लागु औषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ फेला पारी तत्काल नियन्त्रणमा लिई  सम्मानित बर्दिया जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक हृदेश सापकाेटाले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.