कोरोना संक्रमण बढेसँगै ज्येष्ठ नागरिकलाई बुस्टर तयारी

रिपोर्ट नेपाल | 2022 Aug 14 | 07:39 am 2149

काठमाडौं, साउन २९ः पछिल्ला केही सातादेखि कोरोना संक्रमणदर बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्येष्ठ नागरिकका लागि दोस्रो बुस्टर डोज तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एक अधिकारीका अनुसार पहिलो चरणमा ज्येष्ठ नागरिक र रोगप्रतिरोधात्मक क्षमता कमजोर भएकाका लागि बुस्टर डोज दिने योजना छ ।

‘दोस्रो बुस्टर डोज दिने विषयमा छलफल भइरहेको छ,’ ती अधिकारीले राजधानीसँग भने, ‘निर्णय भने गर्न बाँकी छ, कुन समूहलाई पहिलो प्राथमिकता दिने भन्ने विषयमा छलफल भइरहेको छ ।’

पछिल्लो समय अस्पताल भर्ना हुनेको संख्या पनि बढिरहेको र संक्रमणसँगै मृत्युदरसमेत बढिरहेकाले दोस्रो बुस्टर डोजको विकल्प’bout छलफल भएको ती अधिकारी बताउँछन् ।

पछिल्लो एक महिनाको अवधिमा कोरोना संक्रमणबाट मृत्यु भएमध्ये ७५ प्रतिशतभन्दा बढीले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ । एक महिनाको तथ्यांक हेर्दा मृत्यु भएकामध्ये १५ जनाले कोरोना खोप नलगाएको भेटिएको छ ।

खोप नलगाएकोमा गम्भीर संक्रमण देखिएकोसमेत पाइएको छ । यी सबै विषय दृष्टिगत गर्दै मन्त्रालयले खोपलाई प्राथमिकतामा राखेको हो ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट सुरु भएको महामारीको तेस्रो लहर नेपालमा आएपछि बुस्टर डोज अभियान सुरु भएको थियो । पहिलो चरण्मा ‘फ्रन्टलाइनर’(चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, पत्रकार, कामदारलगायतलाई बुस्टर डोज सञ्चालन गरेको थियो । साथै, अस्पताल भर्ना भएका ज्येष्ठ नागरिक र गम्भीर रोग लागेका बिरामीलाई प्राथमिकतामा राखेर बुस्टर डोज लगाइएको थियो ।

खोप र प्राकृतिक संक्रमणबाट प्राप्त हुने रोग प्रतिरोधात्मक क्षमता ६ महिनापछि कम हुने अध्ययनले देखाएको छ । पहिलो चरणमा बढाइएको व्यक्तिको समूहका लागि, बुस्टर सटबाट व्युत्पन्न भाइरसको प्रतिरोधलाई पहिले नै तटस्थ गरिएको हुन सक्ने चिकित्सक बताउँछन् ।

तर, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार विश्व स्वास्थ्य संगठनको खोपसम्बन्धी रणनीतिक समूहले हालसम्म दोस्रो बुस्टर डोज’bout केही बोलेको छैन ।

त्यसो त, यसअघि राष्ट्रसंघीय स्वास्थ्य निकायको खोपसम्बन्धी रणनीतिक सल्लाहकार समूहले निर्णय गर्नुअघि नै नेपालले बुस्टर सट अभियान सुरु गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले इजरायलमा ‘केयर गिभर’मा जाने कामदारका लागि भने दोस्रो बुस्टर डोज दिइसकेको छ । पहिलो पाँच महिनाअघि बुस्टर डोज लगाएकाका लागि इजरायल जानुअघि दोस्रो बुस्टर दिइसकेको छ ।

नेपालमा पहिलोपटक ९ माघ २०७६ मा संक्रमण पुष्टि भएको थियो । दोस्रो संक्रमित १० चैतमा देखियो । दोस्रो संक्रमित देखिएपछि मुलुकभर बन्दाबन्दी गरेको थियो ।

कोभिड संक्रमण दर (पोजिटिभिटी रेट) शनिबारसम्म १७ प्रतिशत नाघेको छ । संक्रमण दर तीव्ररूपमा वृद्धि हुन थालेपछि महामारी जोखिम पनि बढेको छ ।

५० जिल्लाका बालबालिकालक्षित अभियान

सरकारले आगामी ५ भदौदेखि दोस्रो चरणअन्तर्गत बाँकी रहेका ५० जिल्लाका बालबालिकालक्षित खोप अभियान सुरु गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ देखि ११ भदौसम्म पहिलो र २७ भदौदेखि १ असोजसम्म दोस्रो मात्र खोप दिने जनाएको छ ।

५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालक्षित खोप अभियान सुरु हुनेछ । जसअन्र्तगत प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, शंखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुरमा खोप सञ्चालन हुने जनाइएको छ ।

मधेस प्रदेशका बारा, रौतहट, सर्लाही गरी तीन जिल्ला र बाग्मती प्रदेशका रामेछाप, दोलाख, धादिङ, नुवाकोट, रसुवा सिन्धुपाल्चोक गरी ६ जिल्लामा खोप अभियान सञ्चालन हुनेछ ।

गण्डकी प्रदेशका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँमा खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ । लुम्बिनी प्रदेशमा कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा, पूर्वी रुकुम छन् भने कर्णली प्रदेशमा पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोटमा खोप लगाइनेछ ।

सुदूरपश्चिम प्रदेशमा अछाम, डोटी, बाजुरा, बैतडी र दार्चुला जिल्लामा खोप अभियान सञ्चालन हुनेछ । बच्चालाई दिइने फाइजरको खोप सुरक्षित भएकाले ढुक्कासँग आफ्नो बच्चालाई खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.