एक महिलाले थापाथली पुलबाट हाम्फालिन्

| 2022 Aug 13 | 05:03 pm 1937

काठमाडाैं, साउन २८ः काठमाडौंको थापाथलीस्थित पुलबाट एक महिलाले बागमती नदीमा हाम्फालेकी छन्।

शनिबार अपराह्न ४ बजे पुलबाट बागमती नदीमा एक महिलाले हाम्फालेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार ती महिलाको उद्धार गरिएको छ। उनको उपचारको लागि वीर अस्पताल लगिएको छ।

उनको पहिचान खुलिसकेको छैन। प्रहरीले घटना सम्बन्‍धमा थप अनुसन्धान अघि बढाएको बताइएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.