सिंहदरबार प्रहरीमा कर्मचारीको निशुल्क स्वास्थ्य शिविर

| 2018 Aug 04 | 05:50 pm 5818

काठमाडौं, साउन १९: महानगरीय प्रहरी परीसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विश्वराज पोख्रेलले स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सक र सुरक्षा क्षेत्रमा काम गर्ने सुरक्षाकर्मीको कार्य क्षेत्र फरक भए पनि शैली एउटै भएको बताएका छन् ।

महानगरीय प्रहरी वृत सिंहदरबारको विशेष आग्रह र ब्लुक्रस हस्पिटलको सहयोगमा आज शनिबार आयोजित वृतका प्रहरी कर्मचारीको निशुल्क स्वास्थ्य चेक जाँच कार्यक्रमको शुभारम्भ गर्दै एसएसपी पोख्रेलले उक्त कुरा बताएका हुन् ।

प्रहरीले दिने सेवा जति जटिल र कठिन छ स्वास्थ्य क्षेत्रमा चिकित्सकले दिने सेवा पनि त्यो भन्दा कमि नभएको एसएसपी पोख्रेलको भनाई रहेको थियो । हामिले जनताको शान्ति सुरक्षा मजबुत पार्न अहोरात्र खट्छौं भने चिकित्सक जनताको स्वास्थ्य सुरक्षालाई उपचार र तन्दुरुस्त राख्न खट्ने गरेको पोख्रेलको भनाई थियो ।

प्रहरी अपराध बिरुद्ध लाग्दै गर्दा स्वस्थ्य कर्मी रोग बिरुद्ध लड्न सिकाउदै जनतासँग नजिक रहेको उनको जिकिर थियो । आफ्नो उद्घाटन मन्तव्य राख्दै एसएसपी पोख्रेलले जसरी प्रहरी अपराधकर्म गर्ने अपराधिलाई जरैबाट समाप्त पार्न लाग्छ त्यसैगरी चिकित्सक शरीर भित्र रहेको हरेक विकार र रोगलाई निर्मुल पार्न लाग्ने भएकोले प्रहरी र चिकित्सक एउटै रथका दुई पाङ्ग्रा जस्तै भएको बताएका थिए ।

सामुदायिक प्रहरी घट्टेकुलोका अध्यक्ष टंक श्रेष्ठको सभापतित्वमा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा ब्लुक्रस हस्पिटलका मेडीकल डाइरेक्टर डा प्रज्वलमान श्रेष्ठले साममाजिक उत्तरदायी अन्तर्गत वृतको आग्रहमा प्रहरी कर्मचारीको स्वास्थ्य चेकजाँचको आयोजना गरीएको बताए ।

डा श्रेष्ठले ब्लुक्रस नाफा मुलक स्वास्थ्य मात्र नभएर जनताको सेवकका रुपमा पनि भएकोले हरेक नागरिकलाई अमनचयन र सुरक्षा प्रदान गर्ने प्रहरी कर्मचारी अस्वस्थ्य हुन नहुने भन्दै वृतका प्रमुख काजी कुमार आचार्यको आग्रह बमोजिम शिविर राखिएको बताए ।

हस्पिटलकी प्रबन्धक सति गौतमले देशलाई सुरक्षाको माध्यमबाट स्वास्थ्य राख्न अहोरात्र खट्ने प्रहरी कर्मचारी स्वंय पूर्ण स्वस्थ हुनुपर्ने दायित्वबोध गरेर आफूहरुले शिविर राखेको बताइन । शिविरमा बरिष्ठ उपरीक्षक विश्वराज पोख्रेल, नायब उपरीक्षक काजीकुमार आचार्य लगाएत एक सय पचास प्रहरी कर्मचारीको स्वास्थ्य जाँच गरीएको थियो । शिविरमा हस्पिटलले इसिजी, सुगर, प्रेसर, आँखा ल्याव जाँच लगाएत अन्य सेवा प्रदान गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.