काठमाडौँ साउन २६ : नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले भाडा वृद्धिको माग राखेर फेरि आन्दोलन घोषणा गरेका छन् । व्यवसायील भदौ १ गतेसम्म ढुवानी भाडा वृद्धि नगरिए भदौ २ गतेदेखि अग्रिम ढुवानी अनुमति नलिने र अन्य आन्दोलनका कार्यक्रम गर्ने जनाएका छन् ।
ढुवानीकर्ताको माग अनुसार भाडा वृद्धि गर्ने सरकार र व्यवसायीबीचको सहमति कार्यान्वयन नभएपछि आन्दोलनको घोषणा गरिएको हो।
पेट्रोलियम ढुवानी क्षेत्रमा रहेका विभिन्न समस्याहरु समाधानको लागि नेपाल आयल निगम समक्ष पटक/पटक माग पेश गरेपनि सम्बोधन नभएको नेपाल पेट्रोलीयम ढुवानी व्यवसायी संघले जनाएको छ ।
हालको ढुवानी भाडाबाट ट्याङकर सञ्चालन गर्न नसकिने महासंघको निष्कर्ष छ । यदि आयल निगमले सञ्चालन गर्न चाहेमा ट्याङ्कर उपलब्ध गराउने समेत महासंघले जनाएको छ ।