सम्झौता कार्यान्वयन नभए भदौ १२ देखि सत्याग्रह थाल्ने डा. केसीको चेतावनी

| 2022 Aug 07 | 11:52 am 1789

काठमाडौँ साउन २२ : सरकारसँग भएकामध्ये कतिपय सम्झौता कार्यान्वयन नभएको भन्दै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन्। यसअघि सरकारसँग गरेका सम्झौता कार्यान्वयन नभएको भन्दै डा. केसीले केहि दिनभित्र माग पूरा नभए सत्याग्रह थाल्ने बताएका हुन्।

आफूहरूसँग पटक पटक गरेको सम्झौतालाई सरकारले पूर्ण रूपमा कार्यान्वयन नगरेको भन्दै भदौ १२ देखि २० औं पटक सत्याग्रह शुरु गर्ने डा.केसीले चेतावनी दिएका हुन् ।

मेडिकल शिक्षा क्षेत्रलाई थप अस्तव्यस्त बनाइएको डा केसीको आरोप छ । सरकारी स्वास्थ्य संस्थाहरूका वरिपरि च्याउझैँ खुलेका तर मापदण्ड नपुर्‍याई जथाभाबी जोखिमपूर्ण सेवा दिइरहेका निजी संस्थाहरू बन्द गरेर दोषीहरूलाई दण्डित गर्न उनले माग राखेका छन् । डा. केसीले ६ बुँदे माग राखेका छन्

भागबन्डाका आधारमा अनियमिततापूर्वक हालै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएका नियुक्तिहरू तत्काल सच्याउन र उपकुलपतिलगायतका भ्रष्ट पदाधिकारीहरूलाई बर्खास्त गरी कारबाही गर्नुपर्ने उनको माग छ ।

चिकित्सा शिक्षा ऐनबमोजिम विसं २०८५ भित्र नेपालका मेडिकल शिक्षण संस्थाहरूलाई गैरनाफामूलक बनाउने व्यवस्थाको कार्यान्वयनको माग उनले राखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.