क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने शेर्पा पक्राउ

| 2022 Aug 05 | 06:20 pm 1585

काठमाडौं, साउन २०ः  क्यानडा पठाइदिन्छु भन्दै नगद ७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-१ घर भएका ४७ वर्षीया छिरिङ डोमा शेर्पालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

छिरिङ डोमाले एक पुरूषलाई वर्किङ भिषामा क्यानडा जानको लागि  १४ लाख रुपैयाँ लाग्छ भन्दै  क्यानडा पुगेपश्चात् प्रतिष्ठित कम्पनीमा काममा लगाई दिने २ लाख भन्दा बढी तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी नगद ७ लाख रुपैयाँ लिई सम्पर्कविहीन भई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर अत्तरखेलबाट पक्राउ गरेको हो ।

उनलाई  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.