त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको औठीं सहित दुई जना पक्राउ

| 2022 Aug 04 | 07:53 pm 1501

काठमाडाैं, साउन १९ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको औठीं सहित दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा मोरङ बिराटनगर महानगरपालिका वडा नं. १५ रामपुर स्थायी वतन भएका विवेक तिम्सिना र काठमाण्डौं दक्षिणकाली नगरपालिका वडा नं. ४ स्थायी वतन भएका साजन श्रेष्‍ठ रहेका छन् ।

तिम्सिनाक साथबाट बेरुवा औठीं थान- २ अन्दाजी तौल ८० ग्राम र श्रेष्‍ठको साथबाट बेरुवा औठीं थान- २  अन्दाजी तौल ८० ग्राम सहित प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

बिहीबार नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाण्डौ आगमन भएका उनीहरुको गतिविधि संकास्पद देखिएकोले उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट (Welcome Gate) बाट नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त सुन फेला परेकाे बताइएकाे छ ।

उल्लेखित सुनको बेरुवा औठीहरु अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा आवश्‍यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जानकारी दिएकाे हाे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.