ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित २ जना पक्राउ

रिपोर्ट नेपाल | 2022 Aug 03 | 07:27 pm 1925

बर्दिया, साउन १८ः ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । उक्राउ पर्नेमा गुलरिया नगरपालिका- १२ बस्ने राकेश श्रीवास्तब र नुरुदिन गड्डी रहेका छन् ।

मंगलबार गुलरिया नगरपालिका -१२ स्थित मनैया सामुदायिक वनमा लागूऔषधको कारोबार भईरहेको छ भन्ने विषेश सूचनाको आधारमा यस कार्यालयबाट प्रहरी टोली खटीई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ४९० मिलिग्राम लागु औषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ बरामद भएको थियाे ।

उनीहरुलाई तत्काल नियन्त्रणमा लिई सम्मानित बर्दिया जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुवेदीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.