लेनदेन विगो मुद्दाका फरार प्रतिवादी पक्राउ

रिपोर्ट नेपाल | 2022 Aug 01 | 06:35 pm 1745

काठमाडौं, साउन १६ः लेनदेन विगो मुद्दाका फरार प्रतिवादी भक्तपुर गठ्ठाघर बस्ने मोरङ विराटनगर महानगरपालिका-३ घर भएका ३२ वर्षीय विपिन पोखरेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मोरङ विराटनगरको २०७६ पुस २५ गतेको फैसलाले लेनदेन विगो मुद्दामा २ वर्ष कैद र १० लाख रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बसुन्धाराबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय विराटनगर मोरङ बुझाइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.