-
शंकर रिखाम मगर
उदयपुर, साउन १३ः रौता सामुदायिक हित केन्द्र रौतामाई ७ ले लैङ्गिक समानता महिला शसक्तिकरणको लागि स्थानीय निकायबाट बजेट बिनियोजन नभएको भन्दै रौतामाई गाउँपालिका ७ नम्वर वडाकार्यलयमा गई वडाध्यक्ष सामु ध्यानाकर्षण पत्र बुझाएका छन् ।

राज्यलेनै तोकिएको साथै बिगतका वर्षहरुमा वडाकार्यलयबाट क्रमागत रुपमा बिनियोजन हुने रकम यस आव २०७९/०८० मा विनियोजन किन भएन ? किन महिलाहरुलाई पछाडी पारिएको हो ? महिला हक हित किन खोसिन लाग्यो ? त्यसैको लागि ध्यानाकर्षण गराउन पत्र बुझाएको हित केन्द्रकी अध्यक्ष गिता केसिले बताइन् ।

५३ वटा महिला समुहहरु मिलेर बनेको एउटा विशुद्ध संस्था रौता महिला हित केन्द्र मानिने संस्थाको सहभागी संख्या ३७ जना महिलाहरुको मात्र उपस्थिति रहेको थियो ।
महिलाहरुको हक, हित र अधिकार एउटै रहेकोले सबै महिलाहरु जम्मा भएर वडामा आएको र वडाबाट कति रकम विनियोजन भएको रहेछ त्यसको पनि बुझाइ र सार्वजनिक हुने भएकोले वडा कार्यलयसम्म आउनु परेको नमुना माविकी अध्यक्ष फुलकुमारी मगरले बताइन् ।

वडामा विनियोजन भएको आव २०७९/०८० को कुल रकम ७० लाख ८० हजार रुपैयाँवाट १७.२५ प्रतिशत रकम महिलाहरुको लागि विभिन्न शीर्षक अन्तर्गत लैङ्गिक समानता तथा महिला समावेशी सशक्तीकरणको लागि छुट्याइएको रौतामाइ,७ का वडाध्यक्ष मनोजकुमार राना मगरले बताए ।
यस आव २०७९/०८० मा रौतामाइ गाउँपालिका मात्र नभई अन्य कुनै पालिकाहरुमा पनि यतिका रकम छुट्याएका छैन वडाका अध्यक्ष रानाले बताए । व्यक्तिगत गोजिबाट झिकेर दिने रकम होइन त्यसैले पालिकाको निर्देशन, नियमावलि भित्र रहेर काम गर्छु, कानुन र मर्यादा कहिले मिच्न चाहन्न । शीर्षक वमोजिम काम तथा कार्यक्रम गरेमा पूर्ण रुपमा रकम निकासा हुने अन्यथा कुनै पनि काम शीर्षक बिना गरेको पाइएमा रकम निकासा नहुने पनि वडाध्यक्ष रानाले हित केन्द्रलाइ जानकारी दिएका छन् ।