मञ्जु पौडेलकाे तीज गीत ‘बाबाको आँगनी’ सार्वजनिक

| 2022 Jul 29 | 05:10 pm 4961

काठमाडौँ, साउन १३ः चर्चित गायिका तथा उद्घोषिका मञ्जु पौडेलले आउँदै गरेको हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नयाँ गीत ‘बाबाको आँगनी’ सार्वजनिक गरेकी छिन्।

उक्त गीत गायिका पौडेलले आफ्नो आमाको सम्झनामा तयार पारेकी हुन्। मञ्जु आफ्नै स्वर रहेको गीतको शब्द भने शिव हमालले लेखेका हुन्। सो गीतको म्युजिक भिडियोमा मञ्जु पौडेल र अनुषा पौडेलले मुख्य भूमिका निर्वाह गरेकी छन् ।

उक्त गीतको म्युजिक भिडियो मञ्जु आफ्नै Manju poudel युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छिन् । बुटवलकाे विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएकाे भिडियोको निर्देशन दुर्गा पौडेलले गरेका हुन् ।

गीतकाे म्युजिक भिडियाेः

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.