महोत्तरी ट्राफिकमा २ करोड राजस्व

| 2022 Jul 29 | 08:07 am 1709

महोत्तरी, साउन १३: महोत्तरीमा ट्राफिक प्रहरीले दुई करोडभन्दा बढी राजस्व संकलन गरेको छ। गत आवमा प्रहरीले ३० हजार २ सय ७० वटा कारबाही गरेको हो। जसबाट २ करोड ५३ लाख १९ हजार ५ सय राजस्व संकलन गरेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार यस अवधिमा ६ सय ५८ वटा सवारी दुर्घटना भएको छ।  जसमा ९ महिला, ४३ पुरुष र २ बालबालिका गरी ५४ जनाको ज्यान गएको छ। त्यस्तै १ सय २० जना गम्भीर घाइते र ९ सय ९८ जना सामान्य घाइते भएका छन्। प्रहरीले विभिन्न स्थानमा ट्राफिक प्रहरीसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यस अवधिमा सर्वसाधारण, चालक तथा सहचालकलाई सचेतनामूलक सन्देश प्रवाह गर्दै आएको डीएसपी प्रकाश विष्टले बताए। २० हजार १ सय १६ जनालाई प्रशिक्षण दिइएको डीएसपी विष्टले जानकारी दिए।  अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.