बञ्चरेडाँडामा भदौदेखि सधैंका लागि फोहोर फाल्न नदिने स्थानीयको घोषणा

| 2022 Jul 28 | 03:39 pm 1417

काठमाडाैं, साउन १२ः काठमाडौं उपत्यकाको फोहोर डम्पिङ गर्ने सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अबदेखि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन्।

बिहीबार पत्रकार सम्मलेन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले १ भदौदेखि सधैंका लागि उपत्यकाको फोहोर फाल्ने नदिने घोषणा गरेका हुन्।

सरोकार समितिका संयोजक श्रीराम ढुंगानाका अनुसार महानगरले सम्झौताअनुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै समितिले फोहोर फाल्न नदिने घोषणा गरेको हो।

समितिले यो विषय प्रधानमन्त्री कार्यालय, सहरी विकास मन्त्रालयमा समेत जानकारी गराइसकिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.