यस पटककाे तीजमा लम्सालले ल्याए कम्बर भचाउँने गीत

रिपोर्ट नेपाल | 2022 Jul 28 | 12:46 pm 3013

काठमाडाैं, साउन १२ः हिन्दु नारीहरूकाे महान चाड हरितालिका नजिकिदै गर्दा तीजकाे गीत दर्शक माझ ल्याउने हाेडबाजी चलिरहेका बेला कलाकार वसन्त लम्सालले “भाच कम्मर भाच” भन्ने गीतकाे म्युजिक भिडियाे लिएर दर्शक माझ आएका छन् ।

पछिल्लाे समय महिलाले भन्दा पुरूष कलाकारले तीजकाे गीत दर्शक सामु ल्याउन  प्रतिष्पर्धा गरिरहेका बेला अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका पालीमा जन्मेका लम्सालको स्वर , संगीत र लय रहेको उक्त गीत पनि बजारमा ल्याइएकाे छ ।

अग्रदरबार फिल्मस् प्रा.लि.को युवटुव च्यानल मार्फत सार्वजिनक गरिएकाे गीतमा गायक लम्साललाई , सपना गाहा, लक्ष्मी पुन र लालुमाया पुन थापाले स्वरमा साथ दिएका छ्न । भने  सरोज पुर्जा  सुमन परियार, शेखर घर्ति लगायतका कलाकारहरुले अभिनय रहेको छ ।विश्वास नेपालले एजेन्ज गरेको भिडियोलाई मारुनी स्टुडियोमा सुमन राना र खुमन रानाले रेकडिङ्ग गरेका हुन् ।

मोफसलको राजधानी बुटवललाई कर्म थलो बनाएका लम्सालले झण्डै एक दर्जन जति तीज गीत बजारमा ल्याएका छन भने ४० भन्दा बढी लोक तथा दोहोरी गीत बजारमा ल्याइसकेका छन् ।

भिडियोको लागि तलको लिङ्क क्लिक गर्नुहोला ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.