खोलाले बगाउँदा नुवाकोटमा एक जनप्रतिनिधिको मृत्यु

रिपोर्ट नेपाल | 2022 Jul 26 | 08:03 pm 1349

नुवाकोट, साउन १०: मंगलबार खोलाले बगाउँदा नुवाकोटमा एक जनप्रतिनिधिको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका-१२ की महिला वडा सदस्य सुकुमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

प्रहरी नायव उपरिक्षक रुपक खड्काका अनुसार घरतर्फ जान लागेका बेला बेलकोटगढी नगरपालिका-१० मा बेलकोट खोलाले बगाउँदा उनको मृत्यु भएको हो।

उनलाई बगाएको स्थानदेखि एक किलोमिटर तल शव फेला परेको हो। उनको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ। गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनमा उनी नेकपा एमालेबाट महिला वडा सदस्य पदमा निर्वाचित भएकी थिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.