ट्राफिक प्रहरीद्वारा सवारी चालकहरुको लागुऔषध सेवन चेकजाँचको सुरुवात

रिपोर्ट नेपाल | 2022 Jul 26 | 07:50 pm 1477

काठमाडौं, साउन १०ः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय द्वारा मिति २०७९।०४।०९ गते बाट विभिन्न प्रकारका सवारी साधनका चालकहरुले लागूऔषध सेवन गरी सवारी चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी चेकजाँच अभियान सुरु गरिएको छ ।

उक्त अभियान निरन्तर संचालन गरिने बताइएकाे छ । साथै स्कुल बस चेकजाँच गर्ने अभियान अन्तर्गत चेकजाँचको क्रममा गोगंबु चोक स्थित नयाँबसपार्कमा सिट क्षमता भन्दा बढी विद्यार्थी बोकेको बा २ क ८२५७ नं.को स्कुल बसले बढी विद्यार्थी बोकेको पाईएकोले नियमानुसार कारवाही गरिएको प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.