कपिलवस्तु, साउन ९ः सर्पले टोक्दा कपिलवस्तुमा एक बालककाे मृत्यु भएको छ। मृत्यु हुनेमा शुद्धोधन गाउँपालिका.२ मेहनिया बस्ने शिवपुजन चमारको छोरा वर्ष १२ को रबिन्द्र चमार रहेका छन् ।
आफ्नै घरमा सुत्ने बेडमा सर्पले टोकी उपचारको लागि सर्प दंश उपचार केन्द्र गोरुसिंगे पठाइएको थियो। उपचारको क्रममा रबिन्द्रको मृत्यु भएको प्रहरी उपरीक्षक जेशी शाहले बताए।