ट्राफिक नियम उल्लङ्घन गर्ने स्कुलका सवारी साधनहरूलाई कारबाही

| 2022 Jul 24 | 07:57 pm 1985

काठमाडौं, साउन ८ः स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने कार्य काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले थालनी गरेको छ ।

मिति २०७९।०४।०४ गते काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र PABSON, NPABSON, HISSAN तथा अभिभावक संघ बीच उक्त निर्देशिकालाई पूर्ण पालना गर्ने/गराउने सहमति भएको थियो । सोही अनुरूप आज मिति २०७९।०४।०८ गते  विभिन्न स्कुलका सवारी साधनहरू चेकजाँच गर्ने क्रममा निर्देशिका विपरीतका कार्यहरू गरेको पाइएको थियो ।

यसरी ट्राफिक नियम विपरीत सञ्चालन गरिएका स्कूलबसहरुलाई कारबाही गर्नुका साथै स्कुल व्यवस्थापन समितिलाई समेत जानकारी गराइएको छ । आगामी दिनहरूमा समेत निर्देशिका विपरीत संचालन हुने स्कुलका सवारी साधनहरूलाई कानून बमोजिम कारवाही गर्ने कार्यलाई निरन्तरता दिइने प्रहरी नायव उपरीक्षक बाल नरसिंह राणाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.