काठमाडौं, साउन ८ः नेपाली कांग्रेस निकट पत्रकारको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् ।
संस्थापन इतर समूहबाट प्रतिस्पर्धामा रहेका लम्साल संस्थापन पक्षका उम्मेदवार अनिता विन्दुलाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् ।
साउन ६ र ७ गते हेटाैंडामा भएकाे नवाैं महाधिवेशन पश्चात् उनीहरू प्रतिस्पर्धामा उत्रिएका थिए ।