काठमाडौं, साउन १८ : संसदीय सुनुवाई समितिबाट अस्विकृत भए पनि कामू प्रधानन्यायाधीशमा दीपकराज जोशी यथावत रहने छन् ।सर्वोच्च अदालतमा कार्यरत १९ जना न्यायाधीशमध्ये वरिष्ठता क्रममा जोशी पहिलो स्थानमा रहेकाले अर्को प्रधानन्यायाधीश नियुक्त नभएसम्म उनी कामू प्रधानन्यायाधीशमा यथावत हुनेछन् ।
संविधानको धारा १२९ को उपधारा ६ मा ‘प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशले कामू प्रधानन्यायाधीश भई काम गर्नेछ’ भन्ने व्यवस्था छ । उनले राजिनामा दिए भने, र संसदमा महाभियोगको प्रस्ताव दर्ता गरे भने जोशी कामू प्रधानन्यायाधीशमा रहने छैनन् ।
सर्वोच्च अदालतमा कार्यरत १९ जना न्यायाधीशमध्ये वरिष्ठता क्रममा जोशी पहिलो स्थानमा रहेकाले अर्को प्रधानन्यायाधीश नियुक्त नभएसम्म उनी कामू प्रधानन्यायाधीशमा यथावत हुनेछन् ।