बिशेष कार्यदल गणमा संचालित सि.संं. ८ स्नाइपर तालिम सम्पन्न

रिपोर्ट नेपाल | 2022 Jul 20 | 06:46 pm 1605

काठमाडाैं, साउन ४ः सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी
काठमाडाैंमा संचालित सि.सं. ८ स्नाइपर तालिम सम्पन्न भएको छ । उक्त तालिमको सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक बिनोदराज श्रेष्ठले बुधबार सोहि गणमा आयोजित एक कार्यक्रमका बीच समापन गरेका हुन् ।

सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक श्रेष्ठले तालिममा सर्वोत्कृष्ट सशस्त्र प्रहरी जवान नविन आले र चाँदमारीतर्फ सर्वप्रथम भएका सशस्त्र प्रहरी जवान सरोज कुमार रामलाई पुरस्कार प्रदान गर्नुकासाथै तालिम सफलतापूर्वक सम्पन्न गर्ने सम्पूर्ण प्रशिक्षार्थीहरुलाई हार्दिक बधाई दिएका थिए । उनले यस्ता तालिमले फौजमा निखारपन ल्याई शारीरिक र मानसिक रुपमा चुस्त र दुरुस्त राख्ने बताउदै प्रशिक्षार्थीहरुले तालिममा सिकेका ज्ञान, सीपलाई कार्यक्षेत्रमा पूर्ण व्यवसायिक भई कार्यसम्पादनको क्रममा उपयोग गर्ने विश्वास व्यक्त गरे ।

त्यसअवसरमा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार डाँगीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए । पाँच हप्ता अवधिको उक्त तालिममा १ जना महिला सहित कुल ३६ जना सशस्त्र प्रहरी कर्मचारीहरुले  सफलतापूर्वक सम्पन्न गरेका छन् ।

कार्यक्रममा सो गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक हर्कराज पन्त, सिनियर तथा जुनियर अधिकृत लगायत सशस्त्र प्रहरी विल्लादार तथा जवानहरुको उपस्थिती रहेको थियो ।

विभिन्न किसिमका लागूऔषधसहित चार जना पक्राउ
महोत्तरी जिल्लाको सोनमा गाउँपालिका २ स्थित खखना चोकबाट सशस्त्र प्रहरीले लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १९ वर्षिय शंकर यादव, १८ वर्षिय राजदेव यादव र १७ वर्षिय अबधेश यादव रहेका छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रघुनाथपुरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा एक्जीप्लोन १ बोतल, निट्जाकेयर ३० पत्ता र १ ग्राम गाँजा फेला पारेको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध सहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गौशालामा बुझाईएको छ ।

यसैगरी पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका ५ स्थित प्रसौनिभाठाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको पटेर्वा सुगौलि गाउँपालिका ३ बस्ने १७ बर्षिय मन्जित महरा चमार रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट प्रसौनिभाठाबाट खटिएको सशस्त्र प्रहरीले बा ५२ प ६१४६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज चमारलाई शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ३ सय वटा, डाईजेपाम ५१ वटा, नोफिन ५१ वटा र फेनारगन ४९ वटा फेला पारेको हो । त्यसवेला सशस्त्र प्रहरीले सो मोटरसाईकल समेत बरामद गरेको छ । निजलाई बरामद लागूऔषध तथा मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

सशस्त्र प्रहरीद्वारा ३० किलाे गाँजा बरामद
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ७ स्थित महादेवपट्टिबाट सशस्त्र प्रहरीले करीव ३० किलाे गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी जलेश्वरबाट खटिएको सशस्त्र प्रहरीले सो ठाउँमा रहेको खेतमा बेवारीसे अवस्थामा रहेको उल्लेखित परिमाणको गाँजा बरामद गरेको हो । बरामद गाँजा जिल्ला प्रहरी कार्यालय जलेश्वरमा बुझाईएको छ ।

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका गुरुङ्गको शव फेला 
कास्की जिल्लाको पोखरा महानगरपालिका १७ दोविल्ला स्थित फुस्रे खोलामा डुवेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।

नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका ४ घर भई पोखरा महानगरपालिका १४ बस्ने २४ वर्षिय विवेक गुरुङ्ग उक्त खोलामा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक उमेश ढकालको कमाण्डमा खटिएको गोताखोर सहितको टोलीले खोजीकार्य गर्दा उनको शव घटनास्थल भन्दा करीव २ सय मिटर तल पानीमा बगिरहेको अवस्थामा फेला पारेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.