माेरङ, साउन ४ः प्रहरीले युरेनियमजस्तो पदार्थसहित १५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार पत्रकार सम्मेलन गरी पक्राउ परेका १५ जनालाई सार्वजनिक गरेको हो।
यस्तै युरेनियम भनिएको पदार्थ पनि प्रहरीले सार्वजनिक गरेको छ। यद्यपी उक्त पदार्थ युरेनियम नै हो भन्ने पुष्टि भइनसकेको प्रहरीले जनाएको छ।
गत आइतबार विराटनगर महानगरपालिका-९स्थित ट्राफिक चोकस्थित ठुल्दाइको होटलमा कोठा लिएर बसेका उनीहरूलाई पक्राउ गरेको हो। विशेष सूचना पाएपछि खटिएको टोलीले सुरूमा आठ जनालाई पक्राउ गरेको थियो।
उनीहरूबाट एक किलो ८७.३ ग्राम युरोनियमजस्तो पदार्थ बरामद भएको थियो। प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार उनीहरूले युरोनियमजस्तो देखिने पदार्थ भारतीयलाई बेच्ने तरखर गरिरहेका थिए।
पक्राउ पर्नेमा धनपालथान गाउँपालिका-७ बस्ने ४१ वर्षीय शिवशंकर, ३७ वर्षीय मुकेशकुमार साह, ४३ वर्षीय प्रदीप पुरी, कटहरी गाउँपालिका-२ का ४० वर्षीय दिलिपकुमार शर्मा, विराटनगर-१२ बस्ने ४६ वर्षीय फटिककुमार कार्की, सोलुखुम्बु माग्पे गाउँपालिका(७का ३५ वर्षीय गोपाल मगर, खोटाङ हलेसी नगरपालिका-९ बस्ने ३२ वर्षीय किरन राई र धनपालथानका ४४ वर्षीय लक्ष्मण शर्मा छन्।
उनीहरूमाथि अनुसन्धान गरी प्रहरीले थप मानिसहरूलाई पक्राउ गरेको जनाएकाे छ।