प्रेस युनियनमा अनिताको उम्मेदवारी

रिपोर्ट नेपाल | 2022 Jul 20 | 05:07 pm 2685

काठमाडौं, साउन ४ः लोकतन्त्रवादी पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियनको ९औं महाधिवेशन ६ गते देखि हेटौडामा सुरु हुने भएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको युनियनको महाधिवेशनलाई अन्य दल समर्थक संगठनले पनि नियालिरहेका छन् ।

झण्डै नौ वर्षमा हुन लागेको महाधिवेशनबाट नेतृत्व लिनका लागि संस्थापन पक्षबाट अनिता बिन्दु अध्यक्ष पदका लागि लड्दै छिन् भने संस्थापन इतरबाट शिव लम्साल भिड्दै छन् ।

नेपाल पत्रकार महासंघको उपाध्यक्षसमेत रहेकी अनिता बिन्दु लामो समयदेखि पत्रकारीता गर्दै आएकी छिन् । नेपाल प्रेस युनियनको उपाध्यक्ष समेत रहेकी बिन्दुले आफू अध्यक्ष भएपछि प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रताका साथै व्यवसायीक पत्रकारीतालाई मुख्य मुद्दा बनाएको बताएकी छिन् ।

बुधबार अपरान्ह रिपोर्ट नेपालसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष पदकी उम्मेदवार बिन्दुले आफ्नो कार्यकालमा कसैलाई काखा र कसैलाई पाखा नराखी कसैलाई पनि निषेध नगर्ने बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.