- महेश सिंह
सिरहा, साउन ३ः सिरहाको भगवानपुर गाउँपालिका वडा नम्बर २ मा सार्बजनिक बिदाको दिन बाहेक पनि वडा कार्यालय बन्द रहेको स्थानीय श्रवण कुमार पासवानले बताए।
मंगलबार पत्रकारहरुको टोलिले छड्के रिपोर्टिङमा जाँदा वडा कार्यालयको अगाडि सेवा ग्राहीहरु काम गराउन बिहानै १० बजे देखि भिड लागेका थिए। दिउँसो १ बजेसम्म कार्यालय नखुलेको सेवाग्राहीको गुनासो रहेको छ।
वडा सचिब बिनोद कुमार यादव र वडा अध्यक्ष सुर्य नारायण यादव समेत कार्यालयमा नरहेको स्थानीयले बताए।
सरकारी सेवा सुबिधा खाने कर्मचारीसमेत कर्यालयमा उपस्थिति नरहेको र १ बजेसम्म पूर्ण रूपमा वडा कार्यालय बन्द रहेको थियो। दर्जनौं सेवाग्राहीहरु काम गराउन वडा कार्यालय अगाडि कुरेर बसेका थिए।जनप्रतिनिधि र कर्मचारीहरुले सेवा ग्राहीहरुलाई दुःख दिने काम मात्र गरेको स्थानीयले बताए।
वडा अध्यक्ष सुर्य नारायण यादव नेपाल सरकारको पूर्व अबकास प्रहरी निरीक्षक समेत हुन। यस्तो अवस्था रहिरह्यो भने नेपालमा समृद्ध र बिकास गर्न कठिन हुने स्थानीयले बताए।