सिन्धुपाल्चोक, साउन ३ः सुस्तमनस्थिति भएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका–५ हलेगाभा बस्ने ५६ बर्षीय डम्बरबहादुर भुजेल रहेका छन् ।
पीडितको जाहेरीका आधारमा भुजेललाई पक्राउ गरी जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धन भईरहेको प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले बताए। प्रहरीले सोमबार बिहान भुजेललाई उनकै घर नजिकैबाट नियन्त्रणमा लिएकाे हो ।