बालिका करणीको आरोपमा एक युवक पक्राउ

रिपोर्ट नेपाल | 2022 Jul 18 | 04:24 pm 2181

बर्दिया, साउन २: बालिकालाई जबरजस्ती करणीको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्दाजी २६ वर्षीय एक युवक रहेका छन् ।

७ वर्षीया बालिकालाई जवरजस्ती करणीको आरोपमा युवकलाई नियन्त्रणमा लिएको छ।      शनिबार दिउँसो घरमा कोही नभएको मौका छोपी घरको दक्षिणतर्फ आँगनको जमिनमा लडाई बोल्न कराउन नदिई, मुख थुनी वयस्क युवकले बालिकालाई जबरजस्ती करणी गर्न लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक विरेन्द्र बहादुर शाहीले बताए।

आफन्तले प्रत्यक्ष देखेपछि हारगुहारगर्दै स्थानीयलगायत प्रहरीलाई खबर गरेका थिए।

एसपी शाहीले भने, ‘हामीले युवकलाई नियन्त्रणमा लिई जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरी बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान गरीरहेका छौं।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.