- महेश सिंह
सिरहा, साउन २ः लहान नगरपालिका वडा नम्बर १९ नौडेगामा ३० घर धुरीलाई जस्तापाता वितरण गरिएको छ। लहान नगरपालिकाले केही महिना अगाडि देखि सुरु गरेको फुसको तथा परालको छानो उन्मुलन र जस्तापाता वितरण अभियान अन्तर्गत लहान १९ नौडेगामा ३० घर धुरीलाई वितरण गरिएको हो।

लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले उक्त बस्तीमा वडा अध्यक्ष मो. कमरुदिन राईन, वडा सचिब कैलास महतो, नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता यादव लगायतका पत्रकारहरुको रोहबरमा गरिब दलित असहाय ब्यक्तिहरुलाई राहत स्वरुप जस्तापाता वितरण गरिएको छ।
