बल्ल पाए ज्ञवालीले न्याय

रिपोर्ट नेपाल | 2022 Jul 17 | 08:33 pm 5493

काठमाडौं, साउन १ः सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) होमबहादुर ज्ञवालीले ढिलै भएपनि न्याय पाएका छन् । तत्कालिन सशस्त्र प्रहरी महानिरीक्षाक शैलेन्द्र खनालकाे आग्रह पूर्वाग्रहका कारण बढुवामा छुटाइएका ज्ञवालीलाई अन्तत् गृह मन्त्रालयले न्याय दिँदै कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गरेकाे छ ।

ज्ञवाली भन्दा कनिष्टलाई बढुवा गर्दा उनलाई छुटाएपछि गृहमन्त्रालयले बढुवा गर्न पत्रचार गर्दा समेत उनलाई बढुवा नगरेपछि गृहमन्त्री बालकृष्ण खाणले महानिरीक्षक खनालकाे नियतबारे प्रश्न गरेपछि बल्ल ज्ञवालीलाई एसपी बनाइएकाे थियाे ।

ताेकिएकाे जिम्मेवारीलाई सहज रूपमा पूरा गर्ने ज्ञवालीलाई असार २८ गतेको गृहमन्त्रीस्तरिय निर्णयअनुसार सशस्त्र प्रहरी बल नेपालको साधारण समूह अन्तर्गतको लेखा उपसमूहतर्फका सशस्त्र प्रहरी उपरीक्षक  ज्ञवालीले कामु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.