बालुवाटारमा गभर्नरविरुद्ध प्रदर्शन, केही विद्यार्थीहरु पक्राउ

रिपोर्ट नेपाल | 2022 Jul 17 | 11:43 am 1229

काठमाडाैं, साउन १ः नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिएको छ। अधिकारीको राजीनामा माग्दै नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्त विरोध प्रदर्शन गरेका हुन्।

आइतबार बिहान काठमाडौंको बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालय अगाडि गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।

प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन्।

सरकारलाई दबाब बढाउने नीति अनुरूप यसअघि शुक्रबार नेविसंघले माइतीघरमा प्रदर्शन गरेको थियो भने शनिबार वाईसीएल नेतृत्वको टोलीले गभर्नरलाई बर्खास्त गरी छानबिन अघि बढाउन प्रधानमन्त्रीलाई भेटेरै ज्ञापन पत्र बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.