वैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

| 2022 Jul 15 | 04:51 pm 1441

काठमाडाैं, असार ३१ः वैंकिङ् कसूर मुद्दाका फरार एक प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं.४,विशालनगर बस्ने ४० बर्षीय अमित शम्शेर ज.ब.रा रहेका छन् ।

ज.ब.रा.ले सिटिजन्स बैंक लिमिटेडमा रहेको निजको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै सम्मानित उच्च अदालत पाटनले बैंकिङ् कसूरका मुद्दामा मिति २०७८/१२/२१ फैसला गरेकाे थियाे ।

प्रतिवादी अमित शम्शेर ज.ब.रा.लाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा जम्मा १० दिन कैद र रु.६६ लाख रुपैंया जरिवाना हुने ठहर भएकाे थियाे ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले प्रतिवादीलाई मिति २०७९/०३/३० गते टुडालदेवी, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरेको प्रहरी उपरीक्षक कमल थापाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.