काठमाडाैं, असार ३०ः सत्तारूढ गठबन्धनबाट प्रतिनिधि सभाको उपसभामुखमा नेपाली काँग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन्।
नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरूङ प्रस्तावक र एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीको समर्थनमा भुसालले बिहीबार मनोनयन दर्ता गराएकी हुन्।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि उपसभामुख पद खाली छ।
त्यसैगरी प्रतिनिधि सभाको उपसभामुखमा प्रमुख नेकपा एमालेको तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन्।
एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्ण भक्तपोखरेल को समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन्।