- महेश सिंह
सिरहा, असार ३०ः जिल्ला उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाअधिकारीहरुको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ। शत्रुधन प्रसाद चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि लहान नगरपालिका मेयर महेश चौधरी बिशिष्ट अतिथि राम चलितर महतो, ईलाका प्रशासन कार्यालय लहानका प्रमुख रेबती रमन शर्मा, लहानका प्रहरी इन्चार्ज कुमार मैनाली लगायत अतिथिहरुको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि चौधरीका अनुसार लहान ब्यापारीको केंद्र बिन्दु हो। लहानलाई देश भरी चिनाउने भनेको लहानका ब्यापारीहरुको भुमिका रहेको बताए। लहानमा साउन १ गते देखि राजमार्गको सम्पूर्ण होटेलहरु राती १२ बजेसम्म खुला रहने उनले बताए।
साना किसान तथा घरेलु कार्यालयका प्रमुख दिपेन्द्र यादवका अनुसार मधेस प्रदेशमा सब भन्दा बढी उद्योग दर्ता भएको जिल्ला सिरहाको लहान नै रहेको बताए।आफूले कर्यालयमा आउँदा कामको प्रेसर थेग्ने अवस्था नरहेको बताए। उनले भने, मैले जनतालाई सहजताको लागि कार्यालय बाहेकको समय मैले कार्यालयमा दिएर कामलाई सह बनाएको बताए।
उप प्रमुख राम चलितर महतोले देशमा जनताले नयाँ नेतृत्वको चाहना गरिएका छन्। परिवर्तन हरेक क्षेत्रमा हुनु जरुरी रहेको बताए।परिवर्तनको जिम्मेवारी जनताले हामी जनप्रतिनिधिहरुलाई जिम्मा दिएको छ। ब्यापारीक दृष्टिकोणले लहानलाई केन्द्र बिन्दु बनाउनु पर्ने उनले बताए। भाषण गर्ने नेताहरुको समय समाप्त भयो र काममा फडको मार्ने समय आएको बताए।
कार्यक्रममा अतिथिहरुलाई सम्मान र मायाको चिनो र प्रमाणपत्र समेत प्रदान गरिएको थियो।लहानमा इमान्दार सहासी र ब्यापार बुझिएका युवा बिकाश सारडाको टिम निर्वाचित भएका छन्।