काठमाडाैं, असार २९ः नेपाल प्रेस युनियनको आसन्न नवौं महाधिवेशनमा महासचिवमा बर्तमान सचिव खिला कार्कीले दावेदारी पेश गरेका छन् । दुई दशकभन्दा बढि व्यवसायिक पत्रकारितामा सक्रिय कार्की नेपाल प्रेस युनियनको काठमाडौं जिल्ला सदस्य, काठमाडौं जिल्ला सचिव हुँदै आठौं महाधिवेशनमा अत्याधिक मतका साथ सचिव पदमा विजयी भएका थिए ।
लामो समय महाधिवेशन नहुँदा केन्द्रीय समितिमा महाधिवेशनको पक्षमा दबाब बढाउन कार्कीले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । लोकतन्त्रवादी पत्रकारहरुको संस्था युनियनको नवौं महाधिवेशन यही साउन ६ र ७ गते हेटौंडामा हुँदैछ ।
प्रेस स्वतन्त्रता र पत्रकार हकहितका लागि भएका सबैजसो आन्दोलनमा अग्रमोर्चामा देखिने कार्की राजनीतिक बिटमा कलम चलाउँदै आएका छन् । उनी पछिल्लो समय रिर्पोटीङमा भन्दा बढि समाचार डेक्समा कार्यरत छन् ।
हिमालय टाइम्स दैनिक, गोर्खा एफएम, एभिन्यूज टेलिभिजन, राजधानी दैनिक, न्यूज ट्वान्टी फोर टेलिभिजन, माउण्टेन टेलिभिजन, देशान्तर साप्ताहिक लगायत दर्जनौ साप्ताहिक पत्रपत्रिकामा काम गरिसकेका कार्की नेपाल प्रेस युनियनको महासचिवका बलिया दाबेदार हुन् । उनी लामो समय महाधिवेशन नहुँदा महाधिवेशन गराएर महाचिव बन्ने तयारीमा लागेका थिए ।
उनी नेपाल प्रेस युनियनको महाधिवेशन गराउने र महासिचिव बन्ने तयारीमा लागेका कारण नेपाल पत्रकार महासंघमा समेत कुनै दाबि गरेनन् । महासचिवमा दावि पेश गरेका उम्मेदवारहरु मध्ये कार्की सवैभन्दा सिनियर हुन् ।