घट्याे सुनचाँदीको मूल्य

| 2022 Jul 13 | 12:20 pm 1361

काठमाडौं, असार २९ः सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई सयले ओरालो लागेर ९४ हजार तीन सय रुपियाँ तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९४ हजार पाँच सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार आठ सयमा छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपियाँले घटेर एक हजार १७० रुपियाँ तोकिएको महासङ्घले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.