तनहुँ, असार २८ः जिल्लाकाे व्यास नगरपालिका वडा नं. ५ काउरेभट्टी बस्ने हर्कमान सुनारले आफ्नो घरभित्र पार्किङ गरी राखेको ग १७ प ५०१ नं. को मोटरसाइकल चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका वडा नं. ५ काउरेभट्टी बस्ने बर्ष १८ का कमल कुमाल रहेका छन् ।
उनलाई चोरी भएको मोटरसाइकल सहित मिति २०७९।०३।२७ गते बेलुकी तनहुँ व्यास
नगरपालिका वडा नं. ५ पाटन स्थीतबाट फेला पारी मोटरसाइकल सहित नियन्त्रणमा लिई आज मंगलबार तनहुँ जिल्ला अदालतबाट दिन ७ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक नरहरी अधिकारीले बताए।