आगलागीबाट एक घर जल्दा लाखाैंकाे धनमाल नष्ट

रिपोर्ट नेपाल | 2022 Jul 12 | 06:31 pm 2005

सर्लाही, असार २८ः आगलागीबाट सर्लाहीमा एक घर जलेर नष्ट भएकाे छ । जिल्लाकाे हरिवन नगरपालिका २ पाकरगाछी बस्ने मनहरी मैनालीको २ तल्ले काठको घरमा विद्युत सर्ट भई आगलागी भएको बताइएकाे छ ।

आगलागीकाे खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट प्रहरी टोली खटि गई नेपाल प्रहरी, दमकल र स्थानीयको सहयोगमा उक्त आगो नियन्त्रणमा लिएकाे प्रहरीले जानकारी दिएकाे हाे ।

आगलागीबाट मानवीय तथा पशु चौपायाकाे कुनै क्षति नभएको तर लत्ता कपडा, भाँडा बर्तन, फर्निचर, अन्नपात र नगद २ लाख  समेत गरी जम्मा २० लाख पन्चानब्बे हजार  बराबरको क्षति भएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.