धनकुटा, असार २८ः तमोर खोलामा हाम फाली एक जना महिला बेपत्ता भएका छन् । बेपत्ता हुनेमा धनकुटा नगरपालिका ९ स्थित तमोर खोलामा बस्ने सन्त बहादुर बस्नेतकी ४५ वर्षीया पुर्ण कुमारी बस्नेत रहेकी छन् ।
मंगलबार बिहान साढे १० बजेकाे समयमा तमोर नदीमा हाम फालेकाे छिमेकी महिलाले देखेपछि उनले प्रहरी चौकी मुलघाट धनकुटामा खबर गरेकी थिइन् । खबर प्राप्त हुना साथ प्रहरी सहायक निरीक्षककाे कमाण्डमा टोली खटि गई खोजी कार्य भई रहेकाे धनकुटा प्रहरीले जानकारी दिएकाे हाे ।