काठमाडौं आइपुगे चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख

रिपोर्ट नेपाल | 2022 Jul 10 | 11:22 am 1549

काठमाडौं, असार २६ः चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली आज विहान काठमाडौं आइपुगेका छन् ।

सिपिसीको विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको टोली चार दिनसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । आठ सदस्यीय टोली सहित उनी नेपाल आइपुगेका हुन् ।

लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, अन्य दलका अध्यक्ष लगायत नेतासँग भेटवार्ता गर्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.