आज रातिदेखि बजेट निकासा रोकिने

रिपोर्ट नेपाल | 2022 Jul 09 | 08:05 am 1437

काठमाडौं, असार २५: शनिबार रातिदेखि बजेट निकासा तथा भुक्तानी प्रकिया रोकिने भएको छ। चालु आर्थिक वर्ष २०७८/७९ को वार्षिक खाताबन्दीको क्रममा प्रदेश तथा स्थानीय तहमा सञ्चालित प्रणालीहरू आज राति १२ बजेबाट बन्द हुने भएकाले बजेट निकासा तथा भुक्तानी प्रकिया रोकिने भएको हो।

महालेखा नियन्त्रकको कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाइहरुलाई निकासा रोक्न निर्देशन दिएको छ।

कार्यालयले हिजो शुक्रबारको निर्णयअनुसार उक्त निर्देशन दिएको हो। अन्‍तिम दिन सार्वजनिक विदा परेको भएपनि भोलि निकासाको व्यवस्था गर्नसमेत कार्यालयले आग्रह गरेको छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.