बझाङ, असार २३ः बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत पर्ने केदारस्युँ गाउँपालिका–१ स्थिति रायलमा माथिबाट आएको ढुंगा लागेर एक वृद्धाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका-१ रायल चौडाला घर भएकी ७० वर्षीया पुतलीदेवी मल्ल रहेकी छन् ।
रायल पाल्तीछडा सडकमा हिँडिरहेको अवस्थामा माथिबाट आएको ढुंगो लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी ज्ञानबहादुर बिष्टले बताए ।