मलामी गएका एक युवक सेती नदीमा बेपत्ता

रिपोर्ट नेपाल | 2022 Jul 06 | 05:45 pm 1781

डडेल्धुरा, असार २२ः सेती नदीमा एक युवक वेपत्ता भएका छन् । बेपत्ता हुनेमा  डडेल्धुराको अमरगढी नगरपालिका–६ का अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार रहेका छन् । उनी डडेल्धुरा र डोटीको सिमाना नदी सेतीमा मलामी गएका नुहाउने क्रममा बेपत्ता भएका हुन् ।  वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । उनको खोजी कार्य भईरहेको छ ।

बुधबार मलामी गएका उनी संगै नदीमा नुहाउने क्रममा अर्का युवक विनोद ताम्राकार पनि नदीमा बगेका थिए । नुहाउने क्रममा बगेका विनोद सकुशल फेला परेका छन । उनी बगेको स्थानबाट केही तल फेला परेका हुन । डोटीको शिखर नगरपालिका–१० बानडुङ्ग्रीशैन स्थीत शिखर पोलिक्लिनिकमा उपचार भइरहेका उनको उपचार भईरहेको प्रहरी जनाएको छ ।

मलामी गएका उनीहरू दुवैजना डोटीको शिखर नगरपालिका गहनान स्थित सेती नदीको शव जलाउने ठाउँबाट नुहाउने क्रममा बगेको प्रहरीले जनाकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.