मेयर चौधरीद्वारा बिरामीलाई फलफुल वितरण

रिपोर्ट नेपाल | 2022 Jul 04 | 01:30 pm 1801

  • महेश सिंह

सिरहा, असार १९ः लहान ३ स्थित रहेको कामना नर्सिङ होममा भर्ना रहेका बिरामीहरुलाई लहानका मेयर महेश प्रसाद चौधरीले पौष्टिक आहारको कमी भई थप रोग लाग्नबाट बच्न बिरामीहरुलाई फलफूल र हर्लिस वितरण गरेका छन्।

२०७९ असार १७ गतेदेखि १८ गते २ दिने शिविरमा लहान नगरपालिका र कामना नर्सिङ्ग होम प्रा.ली.को सहयोगमा धरानका बिपीकेएचएसका वरिष्ठ चिकित्सकहरुद्वारा पाठेघर आङ्ग खस्ने बिरामीहरुलाई निशुल्क अपरेसन संचालन गरेको थियो।

पाठेघरका सल्यकृया गराएका बिरामीहरुलाई फलफूल वितरण गरेका हुन् । उनले बिगत लामो समय देखि अस्पतालले बिरामीहरुलाई सेवा प्रदान गर्दै आएका थिए।यस अस्पतालले निजि क्षेत्रको अस्पताल मध्ये राम्रो र गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.