सन नेपालद्वारा पीडित परिवारलाई १४ लाख मृत्यु दाबी रकम भुक्तानी

रिपोर्ट नेपाल | 2022 Jul 03 | 11:36 am 1541

  • महेश सिंह

सिरहा, असार १९ः सन नेपालद्वारा मृत्यु भएकाको जिवन बिमा बापतको रकम पीडित परिवारलाई भुक्तानी गरेको छ । भुक्तानी बापतको रकम १४ लाख रहेको छ ।

No description available.

सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर २ बस्ने मो शेख अब्दुलका कान्छो छोरा शेख सारुख करिब ९ महिना अगाडि ठुलो सपना बोकेर वैदेशिक रोजगारीका लागि कतार गएका थिए।

घरको अवस्था निकै कमजोर रहेका शेख सारुखले घरको आर्थिक स्थितिलाई उकास्न कतार पुगेका हुन्। तर, ति सपना अधुरै रह्यो र उनको अचानक कतारमै मृत्यु भएको थियो। मृतक सारुख घरको दुई छोरा मध्य उनी कान्छो छोरा हुन्।

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगार जीवन बिमा अन्तर्गत लहान शाखाद्वारा क्रिया खर्च सहित पुत्र शोकमा रहेकी मृतककी आमा जैसा खातुनलाई लहान शाखाको प्रबन्धक उपेन्द्र नारायण महतोले १४ लाख मृत्यु बापतको रकम भुक्तानी गरेका हुन्।

पत्रकार महेश सिंह र पीडितको आफन्त शेख अजिजुलको रोहबरमा माछापुच्छ्रे बैंकबाट भुक्तानी पाउने गरी १४ लाखको चेक हस्तान्तरण गरेका हुन्। प्रबन्धक महतो करिब ३ बर्ष देखि निरन्तर पत्रकारको रोहबरमा सन नेपालमा आबद्ध मृतकको मृत्यु भुक्तानी हस्तान्तरण गर्दै आएका छन्। प्रबन्धक इन्स्योरेन्सको क्षेत्रमा निकै लोकप्रिय ब्यक्तिको रूपमा चिनिन्छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.