पहिरोले डुम्रे-बेंशीसहर चामे सडक अवरुद्ध

रिपोर्ट नेपाल | 2022 Jun 30 | 12:13 pm 1757

लमजुङ, असार १६ः निरन्तरको वर्षका कारण डुम्रेदेखि लमजुङ सदरमुकाम बेंसीसहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने डुम्रे-बेंसीसहर(चामे सडक अवरुद्ध भएको छ । मंगलबार रातिदेखिको भीषण वर्षाका कारण आएको बाढीपहिरोले ठाउँठाउँको सडक पहिरोले पुरेको छ ।

बेंसीसहर नगरपालिका-६, उत्तीसघारीको खरखरेमा पहिरो गएको छ । खुदीबजारबाट गाउँपालिकातर्फ जाने सडक माथिल्लो मर्स्याङ्दी ‘ए’ को वारिपट्टी पनि पहिरो गएको छ । पहिरोले मर्स्याङ्दीको शीरचौर र मनाङको म्यार्दीखोला नजिक पहिरो गएको छ । म्यार्दीभीरमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।

डुम्रे–बेंसीसहर–चामे सडक योजना प्रमुख ईन्जिनियर अच्युतविलास पन्तका अनुसार मंगलबार साँझदेखिको वर्षाका कारण डुम्रेदेखि बेंसीसहर हुँदै मनाङ जोड्ने सडक ठाउँठाउँमा पहिरोले क्षति पुर्‍याएको छ । डुम्रे–बेंसीसहर सडकखण्ड खुल्ने र बन्द हुने भइरहेको छ । मनाङतर्फको बाटो बिहीबार साँझसम्म खुलाउने प्रयास भइरहेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.