प्रधान सेनापतिद्वारा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको भ्रमण

रिपोर्ट नेपाल | 2022 Jun 28 | 01:12 pm 2045

काठमाडाैं, असार १४ः संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ Lebanon स्थित United Nations Interim Force in Lebanon (UNIFIL) Mission र Syria स्थित United Nations Disengagement Observer Force (UNDOF) Mission को निरीक्षण भ्रमण सम्पन्न गरी मिति २०७९ असार १३ गते (तद्अनुसार 27 June, 2022) बाट मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले मिति २०७९ असार १३ (तद्अनुसार 27 June, 2022) गते संयुक्त राज्य अमेरिकाको Quantico, Virginia स्थित National Museum of the Marine Corps र Marine Corps Base को अवलोकन भ्रमण गरेका छन् । सोही क्रममा, प्रधान सेनापति महारथी शर्माले Marine Corps War Fighting Laboratory का Commanding General, Brigadier General Kyle B. Ellison सँग छलफल तथा अन्तर्क्रिया समेत गरेका  थिए ।

भ्रमणकै क्रममा, प्रधान सेनापति महारथी शर्माले Quantico, Virginia स्थित Marine Corps Command and Staff College को भ्रमण गर्नु भई उक्त कलेजको तालिम लगायत विविध पक्षका बारेमा जानकारी लिएका छन् ।

औपचारिक भ्रमणको लागि मिति २०७९ असार १२ गते (तद्अनुसार 26 June, 2022) मित्रराष्ट्र संयुक्त राज्य अमेरिका पुग्नु भएका प्रधान सेनापति महारथी शर्माले सोही दिन मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत महामहिम श्रीधर खत्रीसँग शिष्टाचार भेटघाट गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.