प्रवासी पिपलधारा चौतारी युवाहरुद्वारा मृगौला पीडितलाई गरे आर्थिक सहयोग

| 2022 Jun 28 | 10:30 am 4209

गुल्मी, असार १४ः गुल्मी पिपलधाराबाट प्रदेस गएका युवाहरुद्वारा संचालित सामाजिक संस्था पिपलधारा चौतारी सम्पर्क समिती बिश्वसंजाल गुल्मिले मृगौला रोगको उपचार गराईरहनु भयकी धुर्कोट २ पिपलधारा डुङ्ग्रीबास निबासी राम बहादुर थापाको छोरी प्रतिमा थापाको लागि ३० दिने प्रतिमा थापा बचाउ अभियान संचालन गरी रकम संकलन गरेका छन् ।

उक्त अभियानबाट संकलित रकम ५ लाख ५ सय ५५ (अक्षरेपी पाँचलाख पाँच सय पच्पन्न) रुपैयाँ यही असार ११ गते शनिवार काठमाडौंमा हस्तान्तरण गरेको हो।

बिगत २ बर्ष देखि काठमाडौंमा डाइलसिस गराइरहेकी प्रतिमाको लागि स्वदेस तथा बिदेसमा रहेका युवाहरुद्वारा संकलित रकम संस्थाका सल्लाहकार (पूर्व अध्यक्ष) कमल जिसि, रबिन महत, बिष्णु खत्री,उदिना नेपाल, सुचना तथा संचार संयोजक प्रकाश थापा लगाएत संस्थाका अन्य सदस्यको उपस्थितिमा एक कार्यक्रम मार्फत चेक हस्तान्तरण गरेका हुन्।

संस्थाको विभिन्न पदमा रही आर्थिक संकलनको लागि पहल गर्ने अध्यक्ष अमृतकुमार खड्का, उपाध्यक्ष लक्ष्मण जिसि, महासचिव मेहरसिंह बस्नेत सचिब कमल आर बस्नेत, कोषाध्यक्ष राम प्रसाद खनाल सहसचिव बिक्रम जिसि (विल्सन), दुर्गेस महत, बाबुराम खड्का (प्रेम), लिला जिसि, कमल जिसि (तल्लार), कृष्ण बस्नेत, राम प्रसार घिमिरे, नारायण थापा, नवीन महत, बाबुराम खड्का भारत, प्रीतम खड्का, टोप बहादुर गौतम, रबिन महत, प्रकाश थापा, अमिर खड्का, टंक महत, झबिन्द्र थापा, ज्ञान बहादुर जिसि लगायतले सहयोग गरेका थिए।

स्मरणरहोस यस सामाजिक संस्थाले स्थापना कालमा एम्बुलेन्स हस्तान्तरण, शिक्षा, स्वास्थ्य, दिनदुखी, अग्निपिडित, भुकम्प पीडित लगायत विभिन्न क्षेत्रमा सहयोगको लागि आफूहरुको खाजा खर्च कटाएर बचाएको रकम सोही वडामा आइपरेका समस्याहरुको सहजताको लागि हातेमालो गर्दै आइरहेको संस्थाका नेपाल सुचना तथा संचार संयोजक प्रकाश थापाले जानकारी दिएका छन्।

उक्त्त हस्तान्तरण कार्यक्रमको समय सोही वडा निबासी समाजसेवी छवि खनाल र सैलेन्द्र बिक्रम थापा (सुजन) स्वयम् उपस्थित भइ बिरामीलाई आर्थिक सहयोग हस्तान्तरण गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.