लुम्बिनी प्रदेशले पुस्तकालय नीति ल्याउँदै

| 2022 Jun 27 | 03:12 pm 1853

गुल्मी, असार १३ः लुम्बिनी प्रदेशका शिक्षा विज्ञान युवा तथा खेलकुद सचिव कृष्ण प्रसाद पन्तले पुस्तकालय स्थापना गर्न र त्यसलाई संचालन गर्नेको अथक प्रयासका कारण मन्त्रालयले पुस्तकालयको नीति बनाउन लागि परेको बताएका छन् ।

No description available.

गुल्मी जिल्लाको सदरमुकाम तमघासमा रहेको किरण पुस्तकालयमा शिक्षा मन्त्रालयद्वारा आयोजित प्रस्तावित प्रदेश पुस्तकालय नीतिको मस्यौदा उपर सुझाव संकलन कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दा सचिव पन्तले उक्त कुरा बताएका हुन् ।

सुझाव दिने क्रममा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले सम्भाव्यता संस्कृतिसँग पुस्तकालय जोडिनुपर्ने कुरामा जोड दिएका थिए । किरण पुस्तकालयका अध्यक्ष शशी पन्थीले पठन संस्कृतिको विकासका लागि पुस्तकालय आवश्यक रहेको बताउँदै देशभरका पुस्तकालयको तथ्यांक संकलन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

पुस्तकालयका विषयमा सरकार मौन रहेका बेला प्रदेश सरकारले प्रदेश स्तरबाट पुस्तकालय नीति बनाउन लागेकोमा खुशी व्यक्त गर्दै अध्यक्ष पन्थीले सरकारले पुस्तकालयको स्तर हेरेर कर्मचारीको व्यवस्था गरिदिनुपर्ने बताएका थिए ।

रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व प्रमुख चन्द्रकान्त पन्थीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा चेतना फैलाउन पुस्तकालयको अग्रणी भूमिका रहेको बताए । किरण पुस्तकालयका उपाध्यक्ष दिन पन्थीले पुस्तकालय संचालानार्थ कर्मचारीको व्यवस्थापन गर्न लोकसेवा जस्तै पुस्तकालय सेवा मार्फत कर्मचारी नियुक्ति गर्नुपर्नेमा जोड दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.